बुटवल,१८ मंसिर ।
रूपन्देहीको देवदह नगरपालिका शीतलनगरमा बलेरो र मोटरसाइकल ठोक्किदा तीनजना घाइते भएका छन् । देवदहकै खैरेनीबाट बुटवलतर्फ आउदै गरेको लु. प्र. ००१ च २०२३ नं.को बलेरोले विपरित दिशाबाट आइरहेको लु १२ प ७६१७ नं. को मोटरसाइकललाई ठक्कर दिंदा तीन जना घाइते भएको प्रहरी चौकी खैरेनीले जनाएको छ ।
बिहिवार बेलुका ६:५५ मा शीतलनगर चोकमा भएको दुर्घटनामा घाइते भएका तिनै जना मोटरसाइकलमा सवार रहेको खैरेनी प्रहरी चौकीका इञ्चार्ज भीमसेन विष्टले जानकारी दिए ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक नवलपरासी सुनवल-१ निवासी अन्दाजी ३५ वर्षीय किसन परियार, उनकी छोरी १४ वर्षिया एन्जिला परियार र सुनवल-२ निवासी २१ वर्षिया भुमि परियार रहेका छन् ।
घाइतेहरूकाे देवदह मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







