काठमाडौँ,१७ मंसिर ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाकाे अनुदान रोक्ने चेतावनी दिएका छन् ।
केही पालिकाहरुले विद्यालय ब्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गरेको पाईएको भन्दै मन्त्री पुनले त्यस्ता पालिकाकाे अनुदान रकम रोक्ने चेतावनी दिएका हुन् ।
विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना पठाइएको जनाउदै मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाकाे नाम संकलन भईरहेको जनाएका छन् ।
‘विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन्,’ मन्त्री पुनले फेसबुुकमा लेखेका छन्, ‘त्यस्ता पालिकाहरुलाई नियनानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा यस्ता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ ।’








