काठमाडौं,१६ मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय काठमाडौंकाे चक्रपथ (नारायण गोपाल चोक) स्थानान्तरण भएको छ ।

पछिल्लो केही वर्षसम्म जनमार्ग चप्पल कारखाना (काठमाडौं) मा रहेको पार्टीको केन्द्रीय कार्यालय हिजो मंसिर १५ गतेदेखि चक्रपथ (नारायण गोपाल चोक) मा स्थानान्तरण गरिएको साे पार्टीले जनाएको छ ।

केन्द्रीय कार्यालय स्थानान्तरण तथा व्यवस्थापनका लागि खटिएका पार्टीका केन्द्रीय कोषाध्यक्ष डिके सूर्यवंशीले केन्द्रीय अध्यक्ष केशव सूर्यवंशीकाे समन्वय तथा पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख डब गर्बुजा पुन,उपप्रमुख बालकिशोर रानालगायतकाे सहयोग रहेको पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रवक्ता चेत बहादुर आलेले जानकारी दिए ।

काठमाडौं चक्रपथ (नारायण गोपाल चोक) मा पार्टीको केन्द्रीय कार्यालय स्थानान्तरण भएपछि देशभरका नेता कार्यकर्ताहरुलाई सहज हुने र काठमाडौंमै रहेका केन्द्रीय नेताहरुलाई आवतजावत गर्न पनि सहज हुने प्रवक्ता आलेले बताए ।