बुटवल,१६ मंसिर ।
रोटरी क्लब अफ बुटवलले १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति प्रदान गरेको छ । आफ्नो ३३ औँ चाटर नाइटकाे अवसरमा क्लबले छात्रबृति प्रदान गरेको हो । क्लवद्धारा स्थापना गरिएको अक्ष्यकोषवाट १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति प्रदान गरिएको क्लबले जनाएको छ ।

छात्रबृति पाउनेमा कालिका मानव ज्ञानका अनिष पाण्डे, शान्ति नमूनाका लक्ष्मण थापा, नेपाल आधारभूत विद्यालयका शानवि थारु र नन्दनी मल्लाह,न्यू होराईजनका अनुप्रस भट्रराई, सैनामैना मावीका सन्दीप बिक,लुम्बिनी बोर्डिङका राम बहादुर सार्की, सिद्धार्थ गौतम बुद्ध क्याम्पसका झरना शर्मा शान्ति नमूना मानव सेवा आश्रमका विमला पुन र फूलवारी आधारभूतका कल्याण गैर रहेका छन ।

उनिहरुलाई जनही ५ हजार नगर र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष कृष्ण पराजुलीले बताए । कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका पूर्व गर्भनर राजेन्द्र ध्वजुले क्लवले गरेका कामको प्रसंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्न सुझाव दिए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका असिस्टेन्ट गर्भनर हरि लम्सालले क्लवले गरेका अनुकरणीय कार्यको व्यापाक प्रचार प्रसार गर्न कन्जुस्यायी गर्न नहुने बताए ।

साे अवसरमा उत्कृष्ठ रोटरी पत्रकारीता पुरस्कारवाट राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा चेयर अफ प्रेसिडेन्ट काउन्शील महेन्द्र प्रसाद श्रेष्ठ , निवर्तमान अध्यक्ष प्रज्ववल थान्जु, प्रेसिडेन्ट इलेक्टेट मधु अर्याल, प्रेसिडन्ट नोमिनी यदुनाथ पाण्डे लगायतले समसामयीक विषयमा प्रकाश पारेका थिए ।