बुटवल,१६ मंसिर ।
लुम्बिनी प्रदेश सभाकाे रिक्त प्रदेश सभा सदस्यमा रेवती गुरुङ नियुक्त भएकि छिन् । नेकपा एमालेकाे समानुपातिक तर्फकाे बन्द सुचीमा रहेकी गुरूङलाई लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले सोमवार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

रुपन्देहीको देवदह नगरपालिका-५ मा स्थायी बसोबास गर्ने गुरुङ २०७९ साल मंसिर ४ गते भएको प्रदेश सभा सदस्य निर्वाचनमा एमालेको तर्फबाट समानुपातिक उमेदवार थिईन् ।

एमालेबाट समानुपातिक तर्फकाे प्रदेशसभा सदस्य सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा गुरुङ नियुक्त भएकि हुन् । मुटु रोगबाट ग्रसित पुनको २०८२ भदौ २४ गते उपचारको क्रममा निधन भएपछि उक्त पद रिक्त भएको थियो ।

गुरूङ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एमालेकाे आदिवासी जनजाती तर्फ तेस्रो नम्बरमा सिफारीस भएकी थिइन् ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम २०७४ मंसिर ४ गते समानुपातिक निर्वाचन प्रणाली अनुसार सम्पन्न निर्वाचन एवम् निर्वाचन आयोगको मंसिर ११ गतेको निर्णय अनुसार गुरुङ प्रदेश सभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।