नवलपरासी,१५ मंसिर ।
१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिमको बर्दघाटबाट प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१ माकर बस्ने १९ वर्षीय रोजीन सुनार रहेका छन् ।

रोजीनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई बर्दघाट नगरपालिका-४ त्रिवेणी चोकबाट पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।