बुटवल,१५ मंसिर ।
बुटवलका संस्थागत विद्यालयहरुमा निशुल्क छात्रबृत्तिमा अध्ययनरत विद्यार्थीहरुले छात्रबृत्तिले आफुहरुलाई अध्ययनका लागि थप हौसला मिलेको बताएका छन् ।
सोमबार बुटवल उपमहानगरपालिकाद्धारा आयोजित शैक्षिक सत्र २०८१/०८२ मा संस्थागत विद्यालयहरुमा निशुल्क चात्रबृत्ति प्राप्त विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनिहरुले उक्त कुरा बताएका हुन् ।
बुटवल उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरी पारदर्शी रुपमा छात्रबृत्तिका लागि परिक्षा लिने ब्यवस्था मिलाउँदा आफुहरु छात्रबृत्ति प्राप्त गर्न सफल भएको भन्दै उनिहरुले छात्रबृत्तिमा पढन पाउँदा आफुहरुलाई थप हौशला मिलेको बताए ।
कार्यक्रममा प्राप्त बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले निजि शिक्षण स्थाहरुबाट प्रदान गर्ने १० प्रतिसत छात्रबृत्ति बितरण प्रक्रियालाई पारदर्शी र लक्षीत बर्गसम्म पुर्याउने उदेस्यले उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरी परिक्षा लिएर छात्रबृत्ति बितरण गर्ने ब्यवस्था मिलाएको बताए । पैसाको अभावमा बुटवलका कुनै पनि विद्यार्थी पढ्नबाट बन्चित हुनुनपरोस भन्ने उदेस्यले उपमहानगरपालिकाले छात्रबृत्ति बितरण प्रक्रियालाई पारदर्शी बनाएको उनको भनाई छ ।
शिक्षामा लगानी बढाएका कारण पछिल्लो समय बुटवल शैक्षिक हवको रुपमा स्थापित हुँदै गएको भन्दै उनले बुटवलले कूल बजेटको २६ प्रतिसत बजेट शिक्षामा छुट्टाएको जानकारी गराए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका शिक्षण संस्थाहरुको शिक्षा राम्रो भएका कारण बाहिरी जिल्लाहरुबाट पनि बुटवल आउने गरेको भन्दै निजि शिक्षण संस्थाहरुबाट प्रदान गर्ने छात्रबृत्ति बितरण पारदर्शी हुँदा पैसाको अभावमा गुणस्तरीय शिक्षा हाशील गर्नबाट बन्चित हुनुपर्ने समस्या केही हदसम्म कम भएको बताइन् ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत यादवचन्द्र बिष्टले बुटवल उपमहानगरपालिका अन्तर्गतका १३ वटा निजि शिक्षण संस्थाहरुबाट गत बर्ष ३३९ जना विद्यार्थीले छात्रबृत्तिमा उच्च शिक्षा अध्ययन गरिरहेको जानकारी दिए ।
कार्यक्रममा छात्रबृत्तिमा अध्ययनरत विद्यार्थीहरु कृपा घिमिरे,स्वस्तिका भण्डारी,अभिषेख घिमिरे,मधुसुदन पौडेल,स्मृती सापकोटा,युजिना बुढाथोकीलगायतले आ आफ्नो भनाई राखेका थिए ।








