काठमाडौँ,१५ मंसिर ।
हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जसको प्रभावले हाल देशका धेरैजसो ठाउँको माैसम आंशिक बदली रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
त्यस्तै आज राती कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।








