काठमाडौँ,१४ मंसिर ।
नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्य बढाएको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुने गरि डिजल र मट्टीतेलको प्रतिलिटर १ घटाएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ ।