पाल्पा,१४ मंसिर ।
पाल्पामा भरूवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका-१३ केरवादी बस्ने ६४ वर्षीय शालिकराम रेश्मी रहेका छन् ।

उनलाई भरूवा बन्दुक १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको जनाइएको छ ।