बुटवल,१४ मंसिर ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु रामचन्द्र ढकालसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
४६ लाख ७ हजार तीन सय रकम पेस्की लिएर फर्छायौट नगरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई २० लाख १७ हजार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवलाई १५ लाख ९० हजार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनालाई १० लाख, तत्कालीन लेखा अधिकृत प्रकाश गौतमलाई १५ लाख ६० हजार, सि.अ.हे.व. (अधिकृत छैठौं) महेन्द्र प्रसाद यादवलाई ४६ लाख ७ हजार, तत्कालीन लेखापाल तुल्सीराम पौडेललाई १९ लाख १७ हजार, लेखा (सहायक पाँचौ) गिरीराज गौतमलाई १४ लाख १० हजार बिगो कायम गरेर कानुन बमोजिम कारवाहीको माग गर्दै मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।








