बर्दिया,१२ मंसिर ।
घाँस काट्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–११ मा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो काला बेलभार सामुदायिक वनमा घाँस काट्ने क्रममा चितुवाले आक्रमण गर्दा ५९ वर्षीय गोपी थारुको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले जानकारी दिए ।
चितुवाले आक्रमणबाट जोगिन भाग्ने क्रममा स्थानीय दुई महिला घाइते भएका छन् । भाग्ने क्रममा घाइते भएका सोही ठाउँकी ईन्दिरा र मनिषा दहितको नगर अस्पताल बारबर्दियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।
चितुवालाई नियन्त्रणमा लिन खोर (केज) सहित प्रहरी, वनकर्मी पठाएको वरिष्ठ वन अधिकृत चौधरीले बताए ।








