बुटवल,१२ मंसिर ।
उत्कृष्ट शैक्षिक परामर्श र भिषा सम्बन्धि काम गर्ने उदेश्यले बुटवलमा एबिसी ग्लोबल एजुकेशन प्रा.लि.को शाखा सञ्चालनमा आएको छ ।
अष्ट्रेलिया, युके, क्यानडा, अमेरिका, न्युजिल्यान्ड र
दुबईका लागि शैक्षिक परामर्श तथा विद्यार्थी भिसा सम्बन्धी सम्पुर्ण सेवाप्रदान गर्दै आईरहेको एबिसी ग्लोबल एजुकेशन प्रा.लि.ले बुटवलमा पनि शाखा संचालनमा ल्याएको हो ।
बिदेशमा पढ्न चाहाने विद्यार्थीहरू र अभिभावकहरूलाई
सहज, विश्वसनीय र पुर्ण ब्यबसायिक रुपले उत्कृष्ट शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले रुपन्देहीको बुटवलमा एबिसी ग्लोबल एजुकेशन प्रा.लि.को शाखा स्थापना गरिएको प्रा लि ले जनाएको छ ।
ब्रिसबेन, अष्ट्रेलियामा मुख्य कार्यालय रहेको एबिसी ग्लोबल एजुकेशनलप्रा.लि.को नेपालका मुख्य शहरका नौ स्थानमा शाखा स्थापना गरिएको प्रा.लि.का लुम्बिनी प्रदेशका प्रमुख रोशन प्रताप कंडेले बताएका छन । प्रमुख कंडेलका अनुसार काठमाडौंको नयाँ बानेश्वर, पुतली सडक, पोखरा,चितवन, इटहरी, बुटवल, दाङ लगायत नौवटा स्थानहरूमा शाखा स्थापना गरि शैक्षिक परामर्श सेवा प्रदान गरिदै आएको छ । उनका अनुसार एबिसी ग्लोबल एजुकेशन प्रा.लि. अन्तर्राष्ट्रिय स्तरको बिशेष भाषा कक्षा आईएलटिएस र पिटिई आदीको एक आधिकारिक प्रशिक्षण केन्द्र पनि हो । जसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको तयारी र मार्गदर्शन सेवा लगाएत उपलब्ध गराउँदै आएको छ । कंडेलले भने–“ हामीले गुणस्तरिय शैक्षिक परामर्श सेवा तथा भिषा सम्बन्धी प्रकृया सेवा सहज ढंगले उपलब्ध उपलब्ध गराउछौं, यसअघि भाषा र अध्ययन गर्ने देश र बिश्वबिद्यालयहरुको बारेमा पनि जानकारी गराउछौं ।”
बुटवलको राजमार्ग चौराहमा रहेको सो प्रा.लि.को पुर्ण वातानुकुलित खुला र व्यवस्थित कक्षा कोठाहरु, व्यक्तिगत परामर्शका लागि छुट्टै परामर्श कक्ष,आधुनिक सजावटसहितको कार्यकक्ष र बैठक कक्ष, स्वतन्त्र पार्किङ सुविधा आदी बिशेषताहरु रहेको प्रा लि ले जनाएको छ ।
निकट भविष्यमै लुम्बिनी प्रदेशमा ६ वटा शाखाहरु बिस्तार गर्ने लक्ष रहेको प्रमुख कंडेलले जानकारी दिए । यी नयाँ शाखाहरू परासी, कपिलवस्तु, पाल्पा, नेपालगञ्ज, रुपन्देहीको भैरहवा र ताम्घास (गुल्मी) मा स्थापना गर्ने लक्ष्य राखिएको छ । एक आधुनिक कार्पोरेट कार्यालयमा आवश्यक सबै सुविधा समावेश गरिएको कंडेलले बताए । परामर्श सेवा क्षेत्रमा विगत २४ वर्षको अनुभव संगालेका कंडेल यस बिषयमा विज्ञ ब्यक्तिका रुपमा परिचित छन् ।
यसअघि क्यान महासंघ रुपन्देही र लुम्बिनी प्रदेशका अध्यक्ष समेत भैसकेका कंडेलले यस क्षेत्रका विभिन्न संघसंस्था र व्यावसायिक संगठनहरूसँग आबद्ध रही निरन्तर सक्रिय रहँदै आएका
छन् । करिब १ करोड रुपैयाँको लागतमा खुलेको सो कार्यालयले संस्थाको प्रभावकारिता बढाउनका लागि स्थानिय साझेदार लोकल पार्टनरको समेत खोजी गरिरहेको जनाएको छ ।








