काठमाडौ,११ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको पार्टी नागरिक बचाउ दल पनि निर्वाचन आयोगमा दर्ता भएको छ ।

नागरिक बचाउ दल नेपालले बिहीबार निर्वाचन आयाेगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको हो ।

पार्टीका उप सभापति देबि प्रसाद संग्रोैलालगायतका नेताहरूले बिहीबार अपरान्ह निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेका हुन् ।

निर्वाचन आयोगकाे दर्ता नं १२५ मा दर्ता भएको प्रसाईं नेतृत्वको नागरिक बचाउ दल नेपालकाे चुनाव चिन्ह खरायो रहेको राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियान अन्तर्गत ऋण एशाेसिएशन महिला विभाग प्रमुख कमला चन्द ठकुरीले जानकारी दिइन् ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुधबारसम्म १०६ पार्टीले दल दर्ता गराएका थिए ।

निर्वाचन आयोगले फागुन २१ काे निर्वाचनलाई लक्ष्यित गरि बुधबारसम्म दल दर्ताको समय ताेकेकाेमा चार दिन म्याद थप गरेको थियो ।