बुटवल,११ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको ३ नम्बर इजलासमा परेको सो मुद्दाकाे सुनुवाइ बिहीबार पनि स्थगित भएको हो ।

रविका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गरी पाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको उच्च अदालत तुलसीपुर,बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतले लामिछाने र जोशीको मुद्दा एकसाथ हेर्न यसअघि नै आदेश दिएको थियो ।
लामिछानेको मुद्दामा यसअघि दुई पटकसम्म मुद्दाको सुरु मिसिल झिकाउने आदेश भएको थियो ।