नवलपरासी,१० मंसिर ।
आफ्नै बुवाको हत्या गरेको अभियोगमा नवलपरासीका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपूर हुप्सेकोट गाउँपालिका-१ जुगेपानी बस्ने ३० वर्षीय सन्त कुमार विक रहेका छन् । आफ्नै ६० वर्षीय बुवा राम बहादुर विकको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादको क्रममा सन्त कुमारले कुटपिट गर्दा राम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका राम बहादुरको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।