काठमाडौँ,१० मंसिर ।
निर्वाचन आयोगले दल दर्ताको समय चार दिन थपेको छ ।
यसअघि थपिएको समय अपुग भएकाेले समय थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुधबारसम्म १०६ पार्टीले दल दर्ता गरेका छन् ।
आयोगमा कुल १३७ दल रहेका छन् । मंगलबार ८० दलले दल दर्ता गराएका थिए । नयाँ दल दर्ता संख्या १८ पुगेको छ भने २० दल प्रक्रियामा रहेको प्रवक्ता भट्टराईले बताए ।








