बुटवल,१० मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टी भैली समूह,केन्द्रीय सम्पर्क कार्यालय बुटवलकाे आयोजनामा सम्मान तथा मैत्री मिलन कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले राष्ट्रिय जनमुक्ति पार्टी बलशाली नभएकै कारण मुलुकमा अहिलेकाे विषम परिस्थिति उत्पन्न भएको भन्दै पार्टीले अब देशको बैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुने बताए ।
बिगत ३५ बर्षदेखि पार्टीले मुलुककाे बैकल्पिक राजनीतिक शक्तिको रूपमा प्रस्तुत गर्दै आए पनि केही आन्तरिक र केही बाहिरी कारणले पार्टी बलशाली हुन नसकेको भन्दै महासचिव अस्लामीले अब पार्टीले मुलुकको बैकल्पिक राजनीतिक शक्तिको नेतृत्व गर्ने बिश्वास ब्यक्त गरे ।
पार्टीको हालै रूपन्देहीमा सम्पन्न केन्द्रीय समिति र कार्यसम्पादन समितिकाे बैठकले संगठन सुदृढीकरण तथा सशक्तीकरण र बिस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराउदै उनलेे साेही अनुसार अभियान सुरु भइसकेको बताए ।
राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय सम्पर्क कार्यालय बुटवलकाे भैली समूहकि संयोजक तथा महिला नेतृ धनीसरा दर्लामीले देशको माैलिक कला संस्कृतिको जगेर्ना गर्न र आफ्नो माैलिक संस्कार तथा संस्कृति बारे जेनजी पुस्तामा जागरण ल्याउने उदेश्यले देउसी भैलाे खेलिएकाे बताइन् । “आपसमा सद्भाव बढाऔ,माैलिक संस्कृतिको जगेर्ना गराैं ” भन्ने नाराका साथ खेलिएकाे देउसी भैलाेले जेनजी पुस्तामा आफ्नो माैलिक संस्कृति बारे केही जागरण ल्याउनुकासाथै सामाजिक सद्भाव कायम गर्ने कार्यमा केही न केही योगदान पुगेको बिश्वास ब्यक्त गरिन् ।
पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय महिला माेर्चाकी बरिस्ठ केन्द्रीय उपाध्यक्ष मधु रानाकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा
राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देहीका नेता ज्ञानबहादुर सलामी, पार्टीका तिलाेत्तमा-१३ का अध्यक्ष ओम बहादुर रानालगायतले आ आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा पार्टीले सञ्चालन गरेको देउसी भैलाे कार्यक्रममा खटिएका नेता कार्यकर्ता,कलाकार तथा दानदाताहरूलाई पार्टीका केन्द्रीय उपाध्यक्ष डाक्टर हाजी हसन माेहमद,अर्का उपाध्यक्ष क्याप्टेन भिमबहादुर राना,होमाया गुरूङ,महासचिव अस्लामीलगायतले सम्मान गरेका थिए ।
साे अवसरमा अन्य पार्टी परित्याग गरि नाै जना राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका थिए ।








