काठमाडौँ,९ मंसिरमा ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् ।

मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएकाे निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये ८० दलले दल दर्ता गराएका हुन् । राष्ट्रिय जनमुक्ति पार्टीसहित आजमात्रै १६ दल दर्ता भएको भट्टराईले बताए । बुधाबारसम्म दल दर्ताको समय रहेकाले यो संख्या थप बढ्ने आँकलन गरिएको छ ।