२० लाख नगद बरामद

काठमाडौं,९ मंसिर ।
नाैं किलो भन्दा बढी यार्सागुम्बा र २० लाख रुपैयाँ नगदसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ नागरिक एमए मसु र काठमाडौं ३१ घर भएका ३६ वर्षीय नबिला बानु छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई काठमाडौंकाे नयाँबजारबाट पक्राउ गरेको हो ।

उनीहरुकाे साथबाट अवैध ९ किलो ३६० ग्राम यार्सागुम्बा, १५७ किलो बन लसुन, १०१ किलो सुकेका किराहरु, गुच्ची च्याउ ७ किलो ९ सय ग्राम, गुन्द्रक जस्तो देखिने नाम नखुलेको जडिबुटी साढे ७ किलो, तौल गर्ने मेसिन २ थान, क्यालकुलेटर १ थान, ३ थान मोबाइल र नगद २० लाख बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई वन ऐनअनुसार कारबाही गर्न डीभीजन वन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।