काठमाडौं,९ मंसिर ।
विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेकाे हो ।
एमालेका तर्फबाट महेश बर्तौला र सुनिता बरालले सर्वोच्चमा रिट पेश गरेका हुन् । विघटित प्रतिनिधि सभाको एमाले संसदीय दलले बर्तौला र बराललाई सर्वोच्चमा रिट दायर गर्ने अख्तियारी प्रदान गरेको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि नै १७ वटा रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् ।








