बुटवल,७ मंसिर ।
मृगौला तथा मुटु पीडित सराेकार समाज नेपालकाे चाैथाे साधारणसभा आइतबार बुटवलमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष कृष्ण मल्लकाे सभापतितब र स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाेल्दै प्रमुख अतिथि क्षेत्रीले मृगौला पिडितहरूका लागि रगतकाे अभाव हुन नदिने प्रतिवद्वता जनाए ।

मृगौला पिडितकाे उपचारका लागि रगत अति आवश्यक पर्ने भन्दै उनलेे मृगौला पिडितका लागि रगतको अभाव हुन नदिने र आगामी दिनमा संस्थागत रूपमा आर्थिक सहयोग प्रदान गर्ने बताए ।

कार्यक्रममा समाजक संस्थापक अध्यक्ष रमेश केसीले यो राेग नभएर मृगौलाकाे खराबी मात्रै हो भन्दै आत्मविश्वासका साथ उपचार र खानपिनमा ध्यान दिए आयु लम्ब्याउन सकिने ।

समाजका अध्यक्ष कृष्ण मल्लले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बुटवल सेरोफेरोमा मात्रै ८/९ सय मृगौला पिडित रहेको र उनिहरूमध्ये ८० प्रतिशत अशक्त अवस्थामा रहेको जानकारी गराए ।

आत्मविश्वास बलियो बनाएर सकेसम्मका नियमित काममा जुट्न जरुरी रहेको भन्दै उनलेे मृगौला पिडित एकजुट भएर अगाडि बढ्नुपर्नेमा जाेड दिए ।

संस्थाका बरिस्ठ उपाध्यक्ष माधव श्रेष्ठकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा काेषाध्यक्ष रेखा श्रेष्ठद्वारा आय ब्यय प्रतिवेदन
प्रस्तुत गरेकी थिइन् भने सचिव शंकर मल्लकाे सञ्चालनमा सम्पन्न भएको थियो ।