बुटवल,५ मंसिर ।
बुटवल उपमहानगरपालिकाकाे आयोजना र युएनडिपिकाे सहकार्यमा
बुटवलका सरसफाइकर्मीहरूका लागि एक दिने पेसागत स्वास्थ्य र सुरक्षा सम्बन्धि तालिम तथा स्वास्थ्य सुरक्षा सामग्री बितरण कार्यक्रम शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकामा कार्यरत सरसफाइकर्मीहरूकाे पेसागत र स्वास्थ्य सुरक्षालाई मध्येनजर गरि त्यस सम्बन्धि तालिम तथा स्वास्थ्य सुरक्षा सामग्री बितरण गरिएको बताए ।

तालिममा सिकेका ज्ञान र सीपलाई ब्यवहारमा लागू गर्न आग्रह गर्दै नगर प्रमुख पाण्डेयले तालिमसँगै बितरण गरिएका सामाग्रीले बुटवलको सरसफाइमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

साे अवसरमा बुटवल उपमहानगरपालिकाकि उप प्रमुख सावित्रा देवी अर्याल,कल्पना सरकारलगायतले कार्यक्रमकाे उदेश्य र महत्व बारे प्रकास पारेका थिए ।

त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका कार्यरत ६० जना सरसफाइकर्मीहरूलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिएको उपमहानगरपालिकाकि सरसफाइ शाखा प्रमुख लक्ष्मी अर्यालले जानकारी दिइन् ।

तालिममा पुस्पराज भट्टराई र आस्था बि मल्लले प्लास्टिक फाेहाेरकाे चक्रिय ब्यवस्थापन सम्बन्धि तालिम तथा स्वास्थ्य सुरक्षा सामाग्रीकाे उपयोग बारे सहजिकरण गर्ने कार्यक्रम रहेको सरसफाइ शाखा प्रमुख अर्यालले बताइन् ।