काठमाडौं,४ मंसिर ।
राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले सुखद सुरूवात गरेको छ । बिहिबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजमाथि ६ विकेटले जित निकाल्दै सुखद सुरुवात गरेको हो ।

१८.३ ओभर खेलेको लुम्बिनीका लागि रोहित पौडेल ३९ रन बनाए भने सन्दीप जोराले २८, डी आर्की र दिलिप नाथले क्रशम ११ र १० रन बनाए । गुवाबदिन नैव ४४ रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपराले ५५ बलमा ४ चौका र तीन छक्काको मद्धतमा ६६ रन बनाए । त्यस्तै कुशल मल्लले १८ बलमा २१ रन बनाए । त्यसैगरी सैफ जैवले १५, देव खनालले १४ र दीपक बोहाराले १० रन बनाए ।

त्यस्तै बलिङतर्फ लुम्बिनीका रूवेन ट्रुम्पलेन सर्वाधिक तीन विकेट लिए भने अभिशेष गौतम र गुलाबदिन नैवले दुई विकेट लिए । यस अगाडि चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो ।