काठमाडौं,४ मंसिर ।
सर्वोच्च अदालतले राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश दिएको छ ।
प्रसाईंका छोरा निराजन प्रसाईले मंगलवार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको हो ।
मेडिकल व्यवसायी समेत रहेका प्रसाईंलाई बिनाकारण मध्यरातमा घरबाटै पक्राउ गरेको भन्दै विभिन्न राजनीतिक दल तथा राजावादी संघ संस्थाहरूले बिराेध गरेका छन् ।
प्रसाईंलाई बिनासर्त रिहाइको माग गर्दै उनी नेतृत्वको महाअभियानले विभिन्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।








