बुटवल,४ मंसिर ।
बिहेघरमा ट्न्ट टाङ्ने क्रममा करेन्ट लागेर रूपन्देहीको देवदहमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पुर्वकाे बुलिङ्टार-१,निवासी २९ बर्षिय देवबहादुर आले रहेका छन् ।

उनको देवदह नगरपालिका वडा नं ६ खैरेनी स्थित कृष्ण क्षेत्रीको घरमा झालर टाँग्ने क्रममा करेन्ट लागेर मृत्यु भएको देवदह प्रहरी चौकीका वरिष्ठ सई कवि सेन्चुरीले जानकारी दिए ।

क्षेत्रीको घरमा बिहेको लागि झालर टाग्न गएका आलेलाई बिहिवार विहान ११ः४५ मा घरमाथी रहेको ११ केभिएको विद्युत प्रसारण लाईनको झट्का लागेको र अचेत अवस्थामा देवदह मेडिकल कलेज भलुही पुर्याएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । मेडिकल कलेजका डाक्टर पुष्पराज श्रेष्ठको टिमले करिव १ घन्टा कृतिम श्वास प्रश्वास र पम्पीङ लगाएतका कार्यहरु गरेपनि सफल नभएको र २ बजे उनलाई मृत घोषित गरेको अस्पतालले जनाएको छ ।

यसअघि तिहारको बेला समेत झालर टाँग्ने क्रममा हाइटेन्सनको करेन्ट प्रवाह हुँदा क्षेत्रीको घरमा केही ईलेक्ट्रिक सामग्रिहरुमा क्षती पुगेको र खैरेनी क्षेत्रको विद्युत सेवा अवरुद्घ भएको स्थानीय बासिन्दाले बताएका छन् ।

देवदह खैरेनीको हाइटेन्सन लाईनको तल धेरै घरहरु रहेको र ति घरमा काम गर्ने क्रममा यसअघि पनि विभिन्न समयमा करेन्ट लाग्ने गरेको स्थानीयकाे गुनासो छ ।