कपिलवस्तु,३ मंसिर ।
मेडिकल ब्यवसायी समेत रहेका राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंकाे गिरफ्तारी बिरूद्व कपिलवस्तुमा पनि बिराेध प्रदर्शन भएको छ ।

अभियानका केन्द्रीय संयोजक प्रसाईंलाई बिनाकारण मध्यराति घरबाटै पक्राउ गरेकाे भन्दै महाअभियानका अभियान्ता तथा राष्ट्रवादी समुहको सहभागीतामा बिराेध प्रदर्शन गरिएको हो ।

राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियान कपिलवस्तुका जिल्ला अध्यक्ष बिषणु थापाको नेतृत्वमा निस्किएको जुलुसले तौलिहवा बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर काेणसभा गरेको थियो ।

प्रदर्शनकारीहरूले दुर्गा प्रसाईंलाई बिनासर्त रिहाइको माग गर्दै चर्को नाराबाजी गरेकाे केन्द्रीय अभियान्ता शंकर काेइरालाले बताए ।