काठमाडौँ,२ मंसिर ।
नेपाली कांग्रेस (बीपी) ले अभियान्ता दुर्गा प्रसाईलाई तत्काल बिना शर्त रिहा गर्न माग गरेको छ ।

पार्टी सभापति सुशिलमान शेरचनले आज एक प्रेस विज्ञप्ति जारी गरी मध्यरातमा प्रसाईलाई पक्राउ गरिएकोप्रति निन्दा गर्दै बिनाशर्त रिहा गर्न माग गरेको हो ।

प्रसाईंकाे गिरफ्तारीलाई राष्ट्रवादकाे गिरफ्तारीकाे संज्ञा दिँदै साे पार्टीले अभिव्यक्ति दिएकै आधारमा गिरफ्तार गर्ने भएको हजारौं राष्ट्रवादीहरू गिरफ्तारी दिन तयार रहेको चेतावनी दिएको छ ।

गएराती पक्राउ परेका प्रसाईलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।