बुटवल,२ मंसिर ।
रोटरी क्लब अफ बुटवलले आयोजना गरेको शान्ति तथा द्वन्द्व व्यवस्थापन सम्बन्धी पिस पोस्टर प्रतियोगितामा पामिर ईन्टरनेशनल एकेडेमी विजेता भएको छ ।

प्रतियोगितामा फस्ट रनर अपमा दीप वोडिङ हाईस्कुल र सेकेन्ड रनर अपमा अक्सफोड सेकेन्डरी स्कुल भएका छन । त्यस्तै प्रतियोगितामा न्यू इन्भारोमेन्ट ईङलिस स्कुल सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा विजेताले नगद ८ हजार सहित मेडल र टफ्रि पुरस्कार प्राप्त गरेको छ भने फस्ट रनर सेकेन्ड रनर र सान्तोनाले क्रमश ५ , ३ र २ हजार नगद मेडल र टफ्रि पुरस्कार प्राप्त गरेका छन ।

विजेता तथा उप विजेताहरुलाई क्लबका अध्यक्ष कृष्ण पराजुली निर्वतमान अध्यक्ष प्रज्वल थान्जु,दीप वोर्डिङ स्कुलका अध्यक्ष राजेन्द्र ध्वजु,कार्यक्रम संयोजक डीआर पन्थीले पुरस्कार प्रदान गरेकाे क्लवका सचिव शिव कुमार ज्ञवालीले बताए ।

प्रतियोगितामा १२ देखि १८ वर्ष उमेर समुहका इन्टयाक्ट क्लवमा आवद्धहरुले मात्र प्रतिष्पर्धा गरेका थिए । यस क्षेत्रका ११ वटा विद्यालयवाट १८ जना विद्यार्थीको सहभागिता रहेको क्लबले जनाएको छ ।

प्रतियोगितामा शान्ति र द्धन्द्धका सन्दर्भमा देखिएका सामाजिक परिबेश, के गर्दा शान्ति स्थापना गर्न सकिन्छ र द्धन्द्ध कसरी शुरु हुन्छ भन्नेवारेमा युवा विद्यार्थीहरुले प्रस्तुती देखाएको क्लबका अध्यक्ष कृष्ण पराजुलीले बताए ।