बुटवल,१ मंसिर ।
नवलपरासी पश्चिमकाे सुनवलमा कार दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँचीकाे पाणिनी गाउँपालिका-६ माझागाउँ बस्ने ८० वर्षीय मणिराम पौडेल रहेका छन् ।
जिल्लाकाे सुनवल नगरपालिका-१३ सूर्यवस्तीस्थित सडकमा प्रदेश नम्बर ३-०१-०२३ च ५०७५ नम्बरको कार सोमबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार अर्घाखाँची पाणिनी गाउँपालिका-६ माझागाउँ बस्ने ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता,बाँकेकाे राप्ती सोनारी गाउँपालिका-१ सिक्टास्थित सडकमा भे. १३ प ११८३ नम्बरको मोटरसाइकल र क. प्र. ०२-००१ ख ११४५ नम्बरको बस सोमबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर पुनर्वास नगरपालिका-९ घर भएका ४७ वर्षीय कृष्णा घर्ती क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






