काठमाडौँ,१ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स निराश बनेको छ ।

काठमाडौंकाे कीर्तिपुरमा सोमबार सुरु भएको पहिलो खेलमै काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

जनकपुर बोल्ट्सले दिएको लक्ष्य भेटाउन काठमाडौंका बेन चार्ल्सवर्थले ४६,आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रनको योगदान गरे ।