काठमाडौँ,२९ कार्तिक ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

भारतबाट मूूल्य धेरै बढेर आएको भए पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र बढाउने निर्णय गरेको निगमद्वारा जारी सुचनामा उल्लेख छ ।

बढाएको मूल्य शनिबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।