“स्वाधीन संयुक्त सरकार मात्र अबको विकल्प”
नवलपरासी,२८ कार्तिक ।
साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले बर्दघाटमा भण्डाफोर स्वरुप कोण सभा गरेको छ ।
शुक्रवार बर्दघाट नगरपालिका चोकको हरियाली नगर साइडबाट निकालिएको जुलुसले हाटबजारमा पुगेर कोण सभामा परिणत भएको थियो ।
भ्रष्टाचार विरुद्धको अभियान संचालन गरिरहेको साे पार्टीले जेनजी बिद्रोहलाई दिशाबिहीन बनाएर बिदेशी शक्तिकेन्द्रको इशारामा कठपुतली सरकार बनाइएको भन्दै बिराेध प्रदर्शन गरेको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जेनजी युवाले उठाएका माग भ्रष्टाचारकाे अन्त्य र सामाजिक सन्जाल बन्दको विपक्षमा आफ्नो पार्टीले आन्दोलन गर्दै आएको स्मरण गरे ।
जेनजी युवाहरूको मागको पक्षमा आफुहरुले बिगत देखि आन्दोलन गर्दै आएको बताउदै उनलेे अबको राजनीतिक निकास स्वाधीन संयुक्त सरकार मात्र रहेको औल्याए ।
क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासी संयोजक चुडामणि भण्डारीले स्वाधीन संयुक्त सरकारको लागि देशभक्त, जनवादी , क्रान्तिकारी र बामपंथीहरु एकजुट हुने समय आएको भन्दै त्यसबाट मात्रै देश जोगाउन सकिन धारणा राखे ।








