काठमाडौं,२८ कार्तिक ।
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा राेकिएकाे छ । बंगलादेशको ढाकास्थित नेशनल स्टेडियममा सम्पन्न खेल २-२ गोलको बराबरीमा राेकिएकाे हो ।
पहिलो हाफमा नेपालले १-० ले अग्रता लिएको खेलमा दोस्रो हाफको शुरुमै बंगलादेशले २ गोल गरेर नेपाललाई दबाबमा राखेको थियो । नेपालले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेको थियो । नेपालका लागि रोहित चन्द र अनन्त तामाङले एक एक गोल गरेका थिए ।
अर्को खेल नेपालले अब एएफसी एशियन कप छनौट अन्तर्गत नोभेम्बर १८ मा मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।








