काठमाडौँ,२५ कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको खेल तालिका सार्बजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नोभेम्बर १७ देखि सुरु हुने एनपीएलकाे खेल तालिका सार्वजनिक गरेको हो ।
खेल तालिका अनुसार नोभेम्बर १७ मा पहिलो खेल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टस र काठमाडौँ गोर्खाजबीच हुनेछ । त्यस्तै लिग चरणको अन्तिम खेल डिसेम्बर ७ आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने छ ।
त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुने छ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुने छ । त्यस्तै डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल तालिका रहेकाे छ ।
क्यानले सबै खेलहरु बिहान ११: १५ र दिउसो ४ बजेको समय तोकेको छ । दुई खेल हुने दिन यस समयमा खेल हुने छन् भने एक मात्र खेल हुने दिन खेल दिउसो ४ बजेदेखि शुरु हुने क्यानले जनाएको छ । त्यस्तै क्यानले लिग चरणका चार खेल भने दिउसो साढे ३ बजे शुरु हुने उल्लेख गरेको छ । त्यस्तै फाइनल खेलपनि साढे ३ बजेदेखि नै शुरु हुनेछ ।




