काठमाडौँ,१९ कार्तिक ।
जेनजी अभियान्ताकाे रूपमा चिनिएका डा.निकोलस भुसाल पाँच दिन प्रहरी हिरासतमै बस्ने भएका छन् ।

जिल्ला अदालत काठमाडौँले भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको हो ।

सामाजिक सञ्जालमा बिवादास्पद अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाल मंगलवार दिउँसो गोरखाको सदरमुकाम गोरखा नगरपालिका-८ रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय गोरखाले थप अनुसन्धानका लागि मंगलबार नै डा. भुसाललाई काठमाडौं पठाएको थियो ।