काठमाडौं,१७ कार्तिक ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई शहिद घोषित भएका छन् ।
सोमवार बसेको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको हो । बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।
आन्दोलनका क्रममा मृत्यु भएका अन्यको बारेमा अध्ययन भइरहेको सञ्चार मन्त्री खरेलले बताए ।








