आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगकाे चासो
काठमाडौं,१२ कार्तिक ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेकाे छ ।

बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महाअभियानका संयोजक समेत रहेका प्रसाईंले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताएका हुन् । यसअघि आजै उनले आन्दोलन बारे राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल गरेकाे बताए । छलफलमा आन्दोलनबारे मानव अधिकार आयोगलाई जानकारी गराएको उनलेे बताए ।

आन्दोलनकाे स्वरूप बारे आयोगले चासो राखेपछि आफुले त्यसबारे जानकारी गराएको प्रसाईंकाे भनाइ छ ।

आफुहरूकाे आन्दोलन शान्तिपूर्ण हुने भन्दै उनलेे आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने प्रतिक्रिया दिए ।