काठमाडौँ,९ कार्तिक ।
प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषदका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतबार अपरान्ह राष्ट्रपतिको कार्यालय शित्तल निवासमा आयोजित कायर्क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा गौतम र बब्लु गुप्तालाई मन्त्री पदको पद तथा गोपनियताको शपथ गराएका हुन् ।
गौतमलाई स्वास्थ्य र गुप्तालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीसहित सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो ।
यस अघि खगेन्द्र सुनारको नाम मन्त्रीको सुचिमा रहेपनि उनी विरुद्ध विभिन्न अदालतमा मुद्धा रहेकोले उनको सपथ राेकिएको छ । त्यस्तै सांस्कृतिक अभियन्ताको पहिचान बनाएका गणपतिलाल श्रेष्ठलाई भुमि सुधार मन्त्रालयको जिम्मेवारी दिने तयारी भएपनि आज शपथ हुन सकेन ।
हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।








