काठमाडौं,७ कार्तिक ।
जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै राजधानी काठमाडौंकाे माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
‘जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।
उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले जेनजी आन्दोलनका शहीदहरुकाे रगत खेर जान नदिन पनि खबरदारी गरेका छन् ।
प्रदर्शनस्थलमा राखिएको ब्यानरमा जेनजी भावना बचाउन र शहीदहरुका सपना पूरा गर्न एक हुर्नैपर्नेमा जाेड दिइएको छ ।
‘जेनजीको नामा बदनाम हुँदैछ । कसैले यसै नाममा लुटपाट गर्दैछ, कसैले पार्टी खोल्दै छ, कसैले ब्राण्ड बनाउँदै छ । यसर्थ जेनजी भावना बचाउन र शहीदहरुको सपना पूरा गर्न हामी एक हुनैपर्छ ।’ भन्ने ब्यानरमा उल्लेख छ
बर्तमान सरकार जेनजीहरुको हो भने सबै जेनजीलाई एक हुन सहयोग गर्नुपर्ने उनिहरूकाे माग छ ।








