काठमाडौं,३१ असोज ।
जेनजी अभियान्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने तयारी गरेका छन् ।

‘गरिखान देऊ’ भन्ने अभियानका संयोजकसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत राजनीतिक दल खोल्नेबारे जानकारी गराएका हुन् ।

यद्यपि अहिले घाेषणा भएको निर्वाचनमा भने आफ्नो दलगत सहभागीता नहुने उनलेे बताएका छन् ।

उनलेे जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्न नागरिक तहको संरचना बन्दैन तबसम्म हामी निर्वाचनमा नजाने स्पष्ट पारेका छन् ।

उनलेे भनेका छन-‘अब हामीले राजनीतिक दल खोल्नैपर्ने अवस्था देखेका छौं,’ उनले भने, ‘राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि- हामी देशको अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौं । जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्न नागरिक तहको संरचना बन्दैन तबसम्म हामी निर्वाचनमा जानेवाला छैनौं ।’