काठमाडौं, २८ असोज ।
सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा (एमाले निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा विरोध प्रदर्शन शुरु गरेको छ ।

महासंघको आह्वानमा मंगलवार अपरान्ह काठमाडौंकाे तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा गरेको हो । सो सभामा बोल्दै महासंघका अध्यक्ष डा. प्रेम दंगालले सो आयोग सरकारले तत्काल पुनःस्थापना नगरे आन्दोलनको आँधिबेहरी सृजना गर्ने चेतावनी दिए । उनले गरिव किसानको हितमा स्थापना गरिएको सो आयोग खारेज गरेपछि आफूहरु सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पारे ।

अध्यक्ष दंगालले भन्नुभयो, ‘अहिले विघटन गरिएको भूमि समस्या समाधान अयोग अविलम्ब पुनस्थापना गर । तिम्रो निर्णय अविलम्व खारेज गर । अन्यथा हामी सडक आइसकेका छौं । सरकारले राम्ररी सुने हुन्छ अखिल नेपाल किसान महासंघले आफ्ना ५ लाख सदस्यहरु उर्ताछ । र देशव्यापी आन्दोलन गरेर हामी त्यसको आँधिबेहरी सृष्टि गरेर यो निर्णय कुनै पनि हालतमा फिर्ता गराउनेछौं ।’

प्रदर्शनका क्रममा सरकारविरुद्ध चर्काे नाराबाजी गरिएको थियो ।