काठमाडौं,२७ असाेज ।
जेनजी प्रदर्शनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हतियारसहित हिँड्ने युवक तेन्जेन दावा पक्राउ परेका छन् ।

गत भदौ २३ र २४ गते जेनजी युवाहरूको प्रदर्शन भइरहेका बेला राजधानी काठमाडौंकाे बिजुलीबजारको पुलमा ‘पेस्तोल’सहितका देखिएका तेन्जेन दावालाई प्रहरीले पक्राउ गरेको हो ।

‘पेस्तोल’ देखाउँदै गरेको भिडियो सामाजिक सञ्जाल भाइरल हुन थालेपछि ती युवा आफै प्रहरीको सम्पर्कमा पुगेकाे बताइएको छ । हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले एक युवासँग पेस्तोल लिएको देखिएको छ ।

जेनजी आन्दोलनकाे नाममा स्वचालित हतियार देखाउदै समाजमा अराजकता मच्चाउनेमाथि कानुनी कारबाही नगरेको भन्दै बिराेध भएपछि उनलाई पक्राउ गर्न प्रहरीलाई दबाब परेको थियो ।

आन्दोलनमा टीओबीको टिसर्ट र ज्याकेट लगाएका मानिसहरुको भूमिका रहस्यमय रहेको भन्दै अहिले मिडिया र सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । पक्राउ परेका दावासँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।