बुटवल,२७ असाेज ।
रूपन्देहीमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सामाजिक सद्भाव कायम राख्दै सुरक्षा व्यवस्था दुरुस्त राख्न तिहारमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ । देउसी–भैलोमा सहभागी हुनेले मर्यादित पोसाक लगाउनु पर्ने र मादक पदार्थ सेवन गर्न नपाइने सुरक्षा समितिकाे निर्णय छ ।