काठमाडौँ,२६ असाेज ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
इ–सिगरेट (भेप) मार्फत सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार दिउँसो उनलाई ललितपुरबाट पक्राउ गरेको हो ।
महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गरिररहेको थियो । ब्यूरोले केहि दिन अघि महरासँग बयान समेत लिएको थियो ।
यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।








