काठमाडौँ,२५ असाेज ।
नेपालको सम्पूर्ण भू-भागबाट मनसुनको बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज २० गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थानहरू र गण्डकी प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बहिर्गमनको शुरुवात भएको बताउदै आजदेखि नेपालका सबै भू-भागबाट मनसुनको बहिर्गमन भएको जानकारी दिएको हो ।

नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भएतापनि यस वर्ष मनसुन ८ दिन ढिलो गरि बाहिरिएको विभागले जनाएको छ । नेपालबाटै मनसुनको बहिर्गमन भएतापनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन बिभागले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।