काठमाडौँ,२३ असाेज ।
जेनजीका नाममा माइतीघरमा प्रदर्शन गर्न खोज्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डा. निकोलस भुसाल र सञ्जीव दाहाल लगायत १८ जना रहेका छन् ।

हालसम्म पक्राउ पर्नेको संख्या १८ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताए पनि सुरक्षाकाे कारण उनिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेनजीका विभिन्न समूह बिहीबार प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका थिए । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरि प्रहरीले माइतीघर लगायतका ठाउँमा प्रदर्शन गर्न रोक लगाएको छ ।

प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताएपनि घुसपैठ भई हिंसा भड्किन सक्ने सुरक्षा विश्लेषण छ ।