काठमाडौँ,२१ असाेज ।
नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको चौथो खेल सहज जित निकालेको छ ।
मंगलवार सम्पन्न खेलमा नेपालले ६ विकेटले सहज जित निकालेको हो ।
मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाइन् ।
यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११ रन बनाएको थियो ।
यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २-२ को बराबरी गरेको छ । सिरिजको अन्तिम तथा निर्णायक खेल बुधवार हुने तालिका रहेको छ ।








