बुटवल,२० असाेज ।
कतार विरुद्धको टि-ट्वान्टी अभ्यास खेलमा नेपाल १६ रनले विजयी भएको छ । नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएकाे कतार १ सय ५४ रनमै समेटिएपछि नेपाल विजयी भएको हो ।
यसअघि टस जितेर व्याटिग गरेको नेपालले २० ओभर खेल्दै ७ विकेटको क्षतीमा १ सय ७० रन जोडेको थियो ।
१ सय ७१ रनको लक्ष्य सहित मैदानमा उत्रिएको कतार पुरै ओभर खेल्दै ६ विकेटको क्षतीमा १ सय ५४ रनमै समेटिएको हो । कतारका लागि मोहम्मद तन्विरले ५१, असिमले ३० तथा मोहम्मदर मिर्जा वेगले २६ रनको योगदान गरेपनि जितका लागि पर्याप्त भएन ।
यसअघि नेपालका लागि कुशल भुर्तेलले ५६, कुशल मल्लले ३८ र दीपेन्द्रसिंह ऐरीले ३८ रन जोडेका थिए ।








