काठमाडौ,१९ असोज ।
लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, बाढीपहिरोमा परेर देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

जसमध्ये कोशी प्रदेशका सबैभन्दा धेरै रहेका छन् । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।